काठमाडौं । गण्डकी प्रदेशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । यस्तै बिहीबार पनि थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिकाका तीन जना, तनहुँका दुई जना र स्याङ्जाका एक जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । कोरोना संक्रमित ६ जनामा ३ जना महिला र ३ जना पुरुष रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय १६ पुगेको छ । थप कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको जनाइएको छ ।