विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयको सचिवालयका अनुसार मन्त्री घिमिरेको स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ आएको हो ।
आईतबार देखी लगातार पखला लागेको र सोमबार ज्वरो समेत आएपछि मन्त्री घिमिरेको सोमबार विहान स्वाव संकलन गरिएको थियो ।
सोमबार साँझ कोरोना पोजेटिभ पुष्टि भएका मन्त्री घिमिरे अहिले घरमानै रहेका छन् ।
उनको परिवारको पनि स्वाव संकलनको तयारी भईरहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला सुरु भएको थियो ।
मन्त्री घिमिरे शनिबार साझदेखि निवासमानै छन् । मन्त्री घिमिरेको स्वास्थ अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।