काठमाडौँ । बिराट मेडिकल कलेज बिराटनगरका संचालक डा ज्ञानेन्द्रमानसिंह कार्कीलाई उनले विश्वास नै नगरेको सरकारी मेडिकल कलेज त्रिभुवन विश्व विद्यालय (त्रिवि) शिक्षण अस्पतालले चामत्कारिक बिधिबाट बचाएको चर्चा यतिबेला उनकै मुखबाट बाहिरिएको छ ।
कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भिर भएपछि एकसाता अघि हेलिकप्टर चार्टर गरि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट काठमाडौ स्थित त्रिवि शिक्षण अस्पताल महाराजगंज ल्याईएको थियो । उनको अवस्था निकै नाजुक भएकाले सामान्य उपचारबाट निको नहुने ठहर गर्दै उहाँको उपचारमा संलग्न चिकित्सकहरुले कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गरेकै कारण डा कार्की भेन्टिलेटरमा जानबाट जोगिए र अहिले उनको स्वास्थ्य अवस्था अनेपेक्षित रुपमा सुधार भएको अस्पताल स्रोतले जनाएको छ । नेपालमा पहिलो पटक डा।कार्कीलाई उक्त थेरापी विधिबाट उपचार गरिएको स्रोतले जनाएको छ ।
हाल सम्म प्रयोग भएका कुनै पनि विधिबाट डा।कार्कीको स्वास्थ्यमा सुधार नआएपछि अन्य उपचार जारी राख्दै बुधबार त्रिवि शिक्षण कोभिड व्यवस्थापन समितिको बैठक बसी अन्तिम बिकल्पको रुपमा कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गर्ने निधो गरि बुधबार रातीनै प्लाज्मा दिईएको अस्पतालले जनाएको छ ।
उपचार शुरु गरेको एकदिन पछिबाटै डा।कार्कीमा सुधार देखियो । अहिले पनि आइसीयूमा राखी उपचार भैरहेको भएपनि खानपान, हिडडुल गर्नुका साथै मोबाईबाटै आफ्ना बारेमा आफन्त, सुभचिन्तक, संचार माध्यमहरुसँग कुरा गर्न थालिसक्नुभएको कोभिड व्यवस्थापन समितिका संयोजक प्राडा शान्तकुमार दासले बताए । यहि क्रममा सुधार आएमा एकदुई दिनमै आईसियु बाहिर राखेर उपचार गर्नुका साथै पिसिआर परिक्षण गर्ने र नेगेटिभ आएमा डिस्चार्ज गर्न सकिने जानकारी गराए ।
प्राडा दासका अनुसार अन्तिम अस्र किन प्रयोग नगर्ने भनेर गरिएको प्रयास नै डा। कार्कीको ज्यान बचाउन सफल अस्त्र भयो । यसका लागि एक कोरोना जितेका युवाले रगत दिए । तत्काल प्लाजा बनाएर दियौं । यो सबै प्रकृयाका लागि राज्यका स्वास्थ्य अनुसन्धान परिषद्, स्वास्थ्य मन्त्रालय, अस्पताल, चिकित्सकहरु सबैको प्रयासले सम्भव भएको हो । स्वासप्रस्वासमा निकै गाह्रो भएर ९० प्रतिशत अक्सिजन दिँनुपर्ने अवस्थाका डा कार्कीलाई अहिले २४ देखि २८ प्रतिशत मात्रै अक्सिजन दिनुपरेको पनि उनले जानकारी गराए ।
यो प्रविधिको विकास र प्रयोगका लागि स्वीकृति कुन निकायबाट कहिले भयो भन्ने बारेमा भने हाल सम्म नेपालमा सार्वजनिक भएको छैन । उच्च स्रोतले भने नेपालका ठूलो ओहदामा रहेका व्यक्ति कोरोना संक्रमण भै यस्तै प्रविधि अपनाएर भित्रभित्रै गुपचुप रुपमा उपचार गराईरहेको दाबी गर्दै आएका छन् ।
कोरोना संक्रमण भै निको भएका व्यक्तिको ‘रगतबाट आरबीसी र प्लेटलेट झिकेपछि बाँकी रहेको प्लाज्मा संक्रमितलाई २ सय एमएल सम्म दिइन्छ । तर नेपालमा यो विधिका बारेमा नेपाल सरकारले कुनै नीति बनाएको भने एकीन छैन ।
विश्वको परिपाटी हेर्दा विकसित मुलुक अमेरिकाको न्यूयोर्क स्थित ह्युस्टन मेथोडिष्टले पहिलो पटक कोभिड १९ निको भएको बिरामीबाट दान गरिएको प्लाज्मा ट्रान्सफ्यूज गर्न एफडीएबाट अनुमोदन भएकाले परिक्षण शुरु गरेको थियो । ह्युस्टन मेथोडिष्ट अस्पताल एक गंभीर बिरामी कोभिड १९ बिरामीलाई अर्का कोभिड १९ निको भएका बिरामीबाट दान गरिएको प्लाज्मा बिरामीलाई हस्तान्तरण गर्ने देशको पहिलो शैक्षिक चिकित्सा केन्द्र हुने रिपोर्टमा उल्लेख गरिएको थियो ।
ह्युस्टन मेथोडिष्टका प्रमुख अन्वेषक डाक्टर एरिक सालाजारले भने “हामीले दुईवटा गम्भीर बिरामीलाई कोभिड १९को कन्भलेसेन्ट प्लाज्मा ट्रान्सफ्यूज गरियो ।“ “यो प्लाज्मा हो जुन दाताहरूबाट संकलन गरिएको थियो जसमा पहिले कोभिड १९ थियो र त्यसलाई जित्न सफल भयो ।“
हाउस्टन मेथोडिष्टका पैथोलोजी र जीनोमिक मेडिसिनका अध्यक्ष डा। जिम मुसेरका अनुसार दान गरिएको प्लाज्मामा प्रतिरक्षा प्रणालीले बनाएको जीवन बचाउने एन्टिबडीहरू हुन सक्छ ।
ह्युस्टन मेथोडिष्ट डाक्टरहरूले एन्टिबडी युक्त प्लाज्मालाई कोभिड १९संक्रमित बिरामीमा स्थानान्तरण गर्दा एन्टिबडीहरूको शक्तिलाई सम्भवत जीवन रक्षा उपचारमा सहयोग पुर्याउन सक्छ । कन्भलेसेन्ट सीरम थेरापी एक अवधारणा हो यो शताब्दीअघिको विधि हो अन्वेषकहरुले भनेका थिए ।
यो प्रविधि प्रयोग गर्नका लागि संयुक्त राज्य खाद्य र औषधि प्रशासनले (एफडीए) ले मार्च २४ मा उपचारलाई प्रयोग गर्न स्वीकृत गर्यो, जुन आपतकालीन अनुसन्धान नयाँ औषधि प्रोटोकलको रूपमा वर्गीकृत गरिएको थियो । यो प्रत्येक बिरामीलाई अनुदान प्रदान गर्न स्वीकृती लिनुपने नियम रहेको जनाएको थियो ।
अमेरिकाको न्यूयोर्कमा प्लाज्मा दान गर्ने पहिलो व्यक्ति कोभिड १९ निको भएका बिरामी ह्युस्टन क्षेत्रका एक व्यक्ति थिए । जसको कोभिड १९ निको भै दुई हप्ता देखि स्वास्थ्य राम्रो रहेको थियो । यो उपचारका लागि दाताहरूले रक्त प्रक्रिया जत्तिकै प्रक्रियामा रक्त क्लोज्माको एक प्वाइन्ट दिन्छन् ।
“यो नियमित प्लाज्मा दान जस्तो हो, र त्यसैले हामी दाताहरूले नियमित प्लाज्मा दाता बन्न योग्य हुनुपर्दछ । हामीले ती प्रक्रियाहरू अनुसरण गर्नुपर्दछ जुन तपाईं सामान्य रूपमा कुनै पनि प्लाज्मा दानको लागि अनुसरण गर्नुहुन्छ, र जसमा रक्त प्रकारहरूसँग मेल खाने र प्लाज्मा परीक्षणको लागि समावेश छ । संक्रामक एजेन्ट, “सालाजारले भन्नुभएको संयुक्त राज्य खाद्य र औषधि प्रशासनले जनाएको थियो ।
मार्च २८, २०२० मा, एफडीएले एक आपतकालीन प्रयोग प्राधिकरण (ईयूए) जारी गर्यो । स्ट्रिडिक नेशनल स्टकपाइल (एसएनएस) लाई दान गरिएको हाइड्रोक्सीक्लोरोक्वाइन सल्फेट र क्लोरोक्वाइन फास्फेट उत्पादनहरू वितरण गर्न र कोभिड १९ का साथ निश्चित अस्पतालमा भर्ना भएका बिरामीहरूको लागि प्रयोग गर्न अनुमति दिने स्वीकृति दिएपनि यी औषधि एसएनएसबाट मात्र अन्य राज्यहरुमा वितरित हुनेछ ।