काठमाडौं । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको छ।
यी उडानमार्फत २६४ यात्रु नेपाल आएका छन् ।
एक यात्रु भने नेपालबाट विदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका अनुसार आज नेपाल एयरलाइन्सले दोहाबाट १३८ यात्रु ल्याएको छ ।
सोही एयरलाइन्सको जहाजले कुवेतका लागि उडान भर्दा एक यात्रु लगेको छ ।
यस्तै हिमालय एयरलाइन्सले दोहाबाट १२६ यात्रु काठमाडौँ ल्याएको छ ।
एयर अरेबियाको जहाजले ६ हजार ६५० कार्गो नेपाल ल्याएको छ ।
यता नेपाल एयरलाइन्सको जहाज आज राति १ः०० बजे जापानको नारिता उड्दैछ ।
नियमित उडानअन्तर्गत निगमको यो पहिलो उडान हो ।
नारिताबाट नेपाली लिएर बुधबार काठमाडौँ फर्कने तालिका छ ।
आजै हिमालय एयरलाइन्सको जहाज कार्गो उडानका लागि चीनको कुनमिङ उड्ने विमानस्थलले जनाएको छ ।
बुधबार पनि विभिन्न मुलुकबाट पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुँदैछन् ।
हिमालय एयरलनइज्सले माल्दिम्भमा रहेका नेपालीलाई काठमाडौँ ल्याउनेछ ।