काठमाडौं । प्रदेश १ मा दुई सहित कोरोना भाइरसबाट थप ४ जनाको मत्यु भएको छ ।
मोरङको विराटनगर महानगरपालिका ४ बस्ने ६४ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।
कोशी अस्पताल बिराटनगरमा उपचारको क्रम्ममा गएराति उनको मृत्यु भएको भएको प्रहरीले जनाएको छ ।
यस्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा पनि एक ४३ वर्षीया महिलाको मृत्यु भएको छ ।
उनको पनि गएराति नै मृत्यु भएको हो ।
यसैगरी रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ ।
नवलपरासीको प्रतापपुरकी ३७ बर्षीय महिला र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का ४० बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा।सुर्दशन थापाले जानकारी दिए ।
उनीहरु दुबैको गएराति मृत्यु भएको हो ।