विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या चार हजार नाघेको छ ।
एक सय ४३ जना नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या चार हजार २२ पुगेको हो ।
आइतबार एक हजार दुई सय ६७ जनाको पीसीआर परीक्षण भएकोमा नयाँ ३१ महिला र एक सय १२ पुरुषको रिपोर्ट पोजिटिभ आएको थियो ।
एक हजार एक सय २४ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ९८ हजार चार सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण भएकामध्ये ९४ हजार चार सय ६६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
एकै दिन थपिएका नयाँ संक्रमितमा सबैभन्दा बढी सुनसरीका ७८ जना रहेका छन् ।
सुनसरी बाहेक मोरङका २९, झापाका २८, संखुवासभाका छ, उदयपुर र प्रदेश १ बाहिरका एक÷एक जनामा २४ घण्टाभित्रमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सुनसरीको पनि धरानमा सबैभन्दा बढी ७१ जनामा संक्रमण पुष्टि भएको छ । जसमा एक महिला र ७० जना पुरुष छन् ।
धरान बाहेक सुनसरीको इटहरीमा पाँच महिला र दुई पुरुषमा कोरोना देखिएको छ ।
मोरङको विराटनगर महानगरपालिकामा नौ महिला र १६ पुरुष, सुनवर्षीमा दुई पुरुष जहदा र बूढीगंगामा एक÷एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै झापाको बिर्तामोडमा आठ महिला, दुई पुरुष, कमल गाउँपालिकामा तीन महिला, सात पुरुष, मेचीनगरमा दुई महिला, चार पुरुष, अर्जुनधारा र स्थानीय तह नखुलेका एकरएक जना महिलामा कोरोना पुष्टि भएको छ ।
संखुवासभाको खाँदबारीमा तीन, चैनपुरमा दुई र चिचिलामा एक पुरुष, उदयपुरको त्रियुगामा एक पुरुष र प्रदेश १ बाहिरका एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या एक हजार आठ सय ४३ पुगेको छ ।