काठमाडौँ । कोरोना महामारीकै बिच पनि अब सरकारी कार्यालयहरू फुल फ्लेजमा सञ्चालनमा आउने भएका छन् ।
काठमाडौँ उपत्यकामा निषेधाज्ञा हटेसँगै सरकारी कार्यालयहरूले शत प्रतिशत काम सूचारु हुने गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।
केही कार्यालयहरूले कम कर्मचारी बोलाएर भएपनि सबै सेवा दिन सक्छन् भने त्यसमा कार्यालय प्रमुखहरूले जिम्मेवारी लिने कुरा भएको उनको भनाई छ ।
उनले कोभिडको बिदा नहुने र कार्यालयहरू पूर्ण रुपमा सञ्चालन हुने दाबी गरे । सरकारी कार्यालयहरू स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन हुने उनको भनाई छ ।
उनले स्वास्थ्य मापदण्ड पालना गर्ने, सामाजिक दुरी कायम गरेर भएपनि सरकारी कार्यालय पूर्ण रुपमा सञ्चालन हुने बताउँदै कर्मचारीहरूको उपस्थिति सम्बन्धित कार्यालयले भने गर्ने बताए ।
अहिलेको अवस्थामा सरकारले कोभिडको बिदा नदिने भएकाले सावधानी अपनाएर कार्यालय पूरै सञ्चालन हुने उनको भनाई छ ।