विराटनगर । प्रदेश १ का तराईका जिल्लामा भन्दा पनि पहाडी जिल्लामा एम्बुलेन्सको भरनै छैन ।
भएका एम्बुलेन्स पनि समयमा नपुग्ने र भौगोलीक अवस्थाका कारण सबै स्थानमा सडकमार्ग नहुँदा पहाडी जिल्लामा एम्बुलेन्सको काम स्ट्रेचर र ट्रयाक्टरले गर्नुपर्छ ।
भोजपुर जिल्लाको दुर्गम मानिने उत्तरी साल्पासिलिछो गाउँपालिका, षडानन्द नगरपालिका रामप्रसाद राई गाउँपालिकामा एम्बुलेन्स छैन ।
एम्बुलेन्स नहुँदा धेरैजसो विकट भेगका विरामीलाई स्टे«चर र ट्रयाक्टरको भर पर्नुपरेको छ । सर्वसाधरण नजिक अस्पताल पनि नहुँदा संखुवासभाको खाँदबारी लैजान कष्टकर यात्रा गर्न बाध्य छन् ।
एम्बुलेन्स नहुँदा विरामीको बाटैमा मृत्यू हुने गरेको साल्पासिलिछो गाउँपालिका ४, खाटम्माका तारा राईले सुनाईन् । ‘सडक पुगेपनि ट्रयाक्टर मात्रै कुद्छन्, गाउँमा कोहि विरामी प¥यो भने मान्छे भेला पारेर स्ट्रेचरबाट लैजानुपर्छ’ उनले भनिन्, ‘न एम्बुलेन्स छ न त अस्पताल नै, यसरी कच्चि अप्ठ्यारो बाटोबाट विरामी लैँजादा विरामीको बाटैमा ज्यान पनि जाने गर्छ’ गाउँपालिका र स्वास्थ्य चौकीको आफ्नै एम्बुलेन्स नहुँदा सर्वसाधरण ज्यान जोखिम मोलेरै यात्रा गर्ने गरेका छन् ।
कोभिड १९ का कारण नयाँ एम्बुलेन्स खरिद प्रक्रिया रोकिएको र चाँडै प्रक्रिया अघि बढाउने साल्पासिलिछो गाउँपालिका अध्यक्ष महेश राईले बताए ।
‘एम्बुलेन्सले सेवा दिन नसक्दा गाउँपालिकाबासी सास्ती खेप्न बाध्य भएका छन्’ उनले भने, ‘स्वास्थ्य संवेदनशील विषय भएकाले नागरिकको सेवाका लागि पालिकाले एम्बुलेन्स ल्याउने तयारी गरेको छ’ अध्यक्ष राईले चालु आर्थिकवर्षभित्रै गाउँपालिकामा एम्बुलेन्स आइसक्ने बताए ।
जिल्लाका अन्य अधिकांश स्थानीय तहमा एम्बुलेन्स पुगेपनि दुर्गम भेगका स्थानीय बासिन्दालाई अझै स्टे«चरकै भरमा विरामी अस्पतालसम्म पु¥याउनुपर्ने बाध्यता छ ।
सडक सञ्जालले गाउँगाउँ जोडिएपनि अव्यवस्थित सडकका कारण एम्बुलेन्सको पहुँच अझै पनि पुग्न सकेको छैन ।
सडक पुगेपनि एम्बुलेन्सको नहुँदा ग्रामीण सर्वसाधरणलाई स्वास्थ्य सेवामाको पहुँचमा सास्ती पुगेको हतुवागढी गाउँपालिका २, रानीबासका शम्भु राई बताउँछन् ।
हतुवागढी, पौवादुङमा, टेम्केमैयुङ, आमचोक, अरुण गाउँपालिकाले मात्रै एम्बुलेन्स ल्याएका छन् ।
जिल्लाका दोभाने, तिम्मा, मानेभञ्ज्याङ, सानोदुम्मा, ठुलोदुम्मा, जरायोटार, दुम्माना, हसनपुर, वासिङथर्पु, बासिखोरा, देवानटार लगायत क्षेत्रका सर्वसाधारणलाई अझै पनि सामान्य घाउचोट लाग्दा पनि उपचार गर्न घण्टौं हिँडेर अस्पताल पुग्नुपर्ने बाध्यता छ ।
जिल्ला अस्पतालका २ एम्बुलेन्स विग्रिएर थन्किएका छन् । अस्पतालमा एम्बुलेन्स नहुँदा सदरमुकाम लगायत आसपासका क्षेत्रबाट ईन्डियन वेल्फेयर र नेपाल रेडक्रस सोसाईटीबाट सञ्चालित एम्बुलेन्सले विरामी ओसारपसार गर्ने गरेको छ ।
गत वैशाख ११ गते हतुवागढी गाउँपालिकामा कोरोना संक्रमित भेटिएका एक युवकलाई रेडक्रस सोसाईटी भोजपुरको एम्बुलेन्समा कोशी कोरोना अस्पताल विराटनगर लगिएको थियो ।
ओखलढुंगामा विभिन्न निकायका ८ ओटा एम्बुलेन्स छन् । ७ वटा चालु अवस्थामा रहे पनि समयमा सबैलाई सेवा दिन ती एम्बुलेन्सले सक्दैनन् ।
कारण भौगोलिक बिकटता र थोरै एम्बुलेन्सनै हो । कोरोना संक्रमण बढेपछि भएका एम्बुलेन्सले पनि सबैलाई समयमा सेवा नदिदा तेब्बर बढी सम्म रकम असुल्ने बोलेरो जीव रिजर्भ गरेर बिरामी अस्पताल पुग्छन् ।
कोरोना संक्रमण त्रासले चालकहरु विरामी बोक्न अस्वीकार गरेको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केशीले बताए । उनले प्रहरीलाई नगुहारी विरामी अस्पताल पठाउनै नसकिने बताए ।
यही कारण समुदायस्तरमै सचेताना आवश्यक रहेको सरोकारवालाको भनाई छ । सबै स्थानीय तहले अन्य रोग र कोरोना तथा यसको संक्रमणको अवस्थाबारे सर्वसाधारणलाई थप बुझाउन आवश्यक रहेको सांसद यज्ञराज सुनुवार बताउँछन् ।
इलाममा कोभिड लक्षित १५ वटा एम्बुलेन्स तयारी हालतमा राखिएको छ । कोरोना देखिएका विरामीलाई कोभिड अस्पताल पु¥याउने प्रयोजनका लागि एम्बुलेन्सहरु तयारी अवस्थामा राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामका सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेका अनुसार जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा रहने गरी सरकारी अस्पताल र संघसस्थाका एम्बुलेन्सलाई अहिले आलोपालो रुपमा प्रयोग गरिने गरिएको छ । जिल्लामा पर्याप्त एम्बुलेन्स र सडक भएकाले नागरिकलाई सहज भएको प्रजिअ न्यौपाने बताउँछन् ।
कोरोना कहर सँगै झापा जिल्लाका एम्बुलेन्स चालकहरु पनि जिल्लामा संक्रमण सुरु भएका दिनमा डराएर नजिकनै पर्दैनथे । तर अहिले अवस्था फेरीएको छ । अहिले चालकहरुले कोरोना संक्रमित बिरामी सहजै बोक्ने गर्छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अनुसार हाल जिल्लामा १ सय १२ वटा दर्ता भएर चलेका एम्बुलेन्स छन् । जिल्लाका सबै एम्बुलेन्सहरुले अहिले पालैपालो कोभिडका बिरामी बोक्न थालेका छन् ।
सुरुमा जिल्लामा संक्रमण देखिने बित्तिकै ६ ओटा एम्बुलेन्स कोभिडका बिरामी बोक्नका लागि छुट्टाइएको थियो ।
त्यसरी कोभिडका बिरामी बोक्नेलाई सम्बन्धीत पालिकाहरुले बिशेष भत्ताको पनि व्यवस्था गरिदिए पछि भने जिल्लाका सबै एम्बुलेन्स चालकहरु तछाडमछाड गर्न थाले ।
त्यसपछि पालै पालो बोक्न पालो लगाइएको जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जिवन चम्लागाइले बताए ।