बिर्तामोड । बीएण्डसी अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मीले एकैपटक कोरोना जितेका छन् ।
संक्रमण भएको १५ दिनपछि उनीहरु संक्रमणमुक्त भएका हुन् ।
संक्रमणमुक्त भएका स्वास्थ्यकर्मीलाई अस्पताल प्रशासनले सोमबार विशेष कार्यक्रमका बीच स्वागत सम्मान गरेको छ ।
अस्पतालको व्यवस्थापन तथा उपचारमा रहेका उनीहरुलाई काममा फर्कनुअघि अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पूmलका गुच्छा दिएर र खदा होडाएर सम्मान गरेका हुन् ।
सम्मान गर्दै प्रसाईले कोराना संक्रमणको जोखिम भएपनि यसबाट कोही भाग्न नसक्ने बताए ।
तत्कालका लागि कोरनासँग मिलेर जानुको विकल्प नभएको बताउँदै कार्यकारी निर्देशक प्रसाईले केयर गरे कोरोना सामान्य रोग भए पनि हल्ला बढी भएको बताए ।
संक्रमण मुक्त भएका स्वास्थ्यकर्मीसँग अस्पतालका डाक्टर र सञ्चारकर्मीले पनि फोटो खिचेका थिए भने निर्देशक प्रसाईले अंकमाल गर्दै संक्रमण मुक्त भएकोमा बधाई दिए ।
संक्रमणमा परेका स्वास्थ्यकर्मीलाई अन्यत्र कतै नपठाई आफ्नै अस्पतालको आइसोलेसनमा उपचार गरेको कार्यकारी निर्देशक प्रसाई बताउँछन् ।
संक्रमण मुक्त भएका डाक्टर राजेशले सो क्रममा भने ‘बाहिर अनेकथरी हल्ला फैलियो, तर हामी अलिकति पनि विचलित भएनौं कोरोना पराजित भयो ।’