विराटनगर । प्रदेश १ का दुई फरक स्थानमा भएको घटनामा दुई जनाको मृत्यू भएको छ ।
संखुवासभा चैनपुर ४ का ७६ बर्षीय बुद्वी बहादुर लिम्बुको खोलामा डुबेर मृत्यु भएको छ ।
सोमबार साँझ साढे ५ बजे चैनपुर बतासेबाट घर तर्फ आउदै गर्दा झुत्रे खोला तर्ने क्रममा डुबेर लुम्बुको मृत्यु भएको हो ।
इस्तै मोरङ जहदा १ का १७ बर्षीया रबिना ऋषिदेवको पनि पानीमा डुबेर मृत्यु भएको छ ।
मंगलबार विहान जहदा मुसहरी टोलमा रहेको पानी जमेको खाडलमा परी रबिनाको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधनगरले जनाएको छ ।