झापा । झापाको झिलझिलेमा जीपको ठक्करबाट एक महिलाको मृत्यू भएको छ ।
मृत्यू हुनेमा झापा शिवसताक्षी ८ झिलझिलेकी ४० वर्षीया कमला चापागाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ११ च ५९९० नम्बरको जीपले उनलाई मंगलबार साँझ ठक्कर दिएको हो ।
ठक्कर दिने जीप र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।