सोमबार समझदारी पत्रमा हस्ताक्षर गर्ने
विराटनगर । विराटनगर विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि नेपाल सरकार र प्रदेश १ सरकारबीच समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।
सोमबार प्रदेश १ को राजधानी विराटनगरमानै समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ ।
समझदारी पत्रमा हस्ताक्षर गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसहित नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरु सोमबार विराटनगर आउने कार्यक्रम तय भएको छ ।
नेपालका विभिन्न स्थानमा रहेका विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि नेपाल सरकारले पछिल्लो समय प्रदेश सरकार सँग धमाधम समझदारी गरिरहेको छ ।
यस अघि गत विहीबार सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि पहिलोपटक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । विराटनगरमा हुन लागेको यो समझदारी दोस्रो हो ।