Lite Nepal

बुधबार, आश्विन २१, २०७७

विराटनगर । प्रदेश १ मा बुधबार ३४३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो ।

मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २–२, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १३७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ५७ महिला र ८० पुरुष छन् । मोरङको पथरीशनिश्चरेमा ४ पुरुष, रतुवामाईमा २ महिला १ पुरुष, रंगेलीमा २ महिला १ पुरुष, बेलबारीमा १ महिला २ पुरुष, सुन्दरहरैचामा २ महिला १ पुरुष, बुढीगंगा र ग्रामथानमा २–२ पुरुष, उर्लाबारी र धनपालमा १–१ पुरुष र स्थानीय तह नखुलेका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको धरानमा ५३ महिला ६१ पुरुष, इटहरीमा ५ महिला ३ पुरुष, बराहक्षेत्र र दुहवीमा २–२ पुरुष, भोक्राहानरसिंहमा २ महिला, गढी, हरिनगर, रामधुनी, इनरुवामा १–१ पुरुष, बर्जुमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै झापाको विर्तामोडमा २ महिला ४ पुरुष, भद्रपुरमा ६ पुरुष, दमकमा ३ महिला ३ पुरुष, गौरादहमा २ महिला २ पुरुष, मेचीनगरमा १ महिला १ पुरुष, कमल गाउँपालिकामा २ पुरुष, कचनकवलमा १ महिला, अर्जुनधारा, हल्दिबारी र शिवसताक्षीमा १–१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

धनकुटाको महालक्ष्मीमा २, धनकुटा नगरपालिकामा १ र स्थानीय तह नखुलेका १ पुरुष, भोजपुरमा १ महिला १ पुरुष, इलामको मांसेबुङ र देउमाईमा १–१ पुरुष, पाँचथरको फिदिममा १ पुरुष र प्रदेश १ बाहिरका ४ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार ४४७ पुगेको छ । प्रदेश १ मा बुधबार १० जना डिस्चार्ज भएका छन् । उनीहरु सवै मेची अस्पतालबाट डिस्चार्ज भएका हुन । हालसम्म ४ हजार १३२ पुगेको छ ।

प्रदेश १ मा बुधबार १ हजार ३१० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३६ महिला र २०७ पुरुष रहेका छन् । हालसम्म १ लाख ३० हजार ६७१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा