विराटनगर । सुनसरीको इटहरी ५ स्थित राजमार्ग क्षेत्रबाट दुई जनालाई प्रहरीले पटकासहित पक्राउ गरेको छ ।
विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलिले विहीबार विहान सुनसरी श्रीहरिपुरका २९ वर्षीय आलममिया र सोही स्थानका २७ वर्षीय समिर मियालाई पक्राउ गरेको हो ।
रार्जमार्ग किनारमा पटका बोरा तथा कार्टुनमालुकाई राखेर सप्लाईका लागि मौका छोपी बसिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रण लिएको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीले बोरा तथा कार्टुन खोलेर हेर्दा ६७ बण्डल पटका फेला पारेको थियो । पटकासहित पक्राउ परेका सबैलाई अनुसन्धानका लागि प्रहरीले नियनत्रणमा लिएको छ ।