विराटनगर । उदयपुर कटारी नगरपालिका १४ भदौरे स्थित सिद्धिचरण राजमार्गमा स्कारपियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्याङ ९ माधवपुरका ४६ बर्षीय राम बहादुर सार्की, ४० बर्षीय खड्ग बहादुर सार्की, ३५ बर्षीया नरिमाया सार्की र २७ बर्षीय कर्मे भन्ने कर्ण बहादुर सार्की र उदयपुर कटारी नगरपालिका ८ शिरिसेका ३० बर्षीय महेश बहादुर बि.क. रहेका छन् ।
भैरहवाबाट ओखलढुंगा तर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो आइतबार विहानको राती १ बजे भदौरे स्थित सिद्धिचरण राजमार्गमा आई पुक्दा एक्कासी ब्रेक फेल भई सडकबाट अन्दाजी ९०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
दुर्घटनामा ५ जनाको घटना स्थलमा नै मृत्यू भएको प्रहरीको भनाई छ ।
स्कारपियो चालक रुपन्देहीका २८ बर्षीय पवन खड्का, स्कारपियोमै सवार रहेका मानेभञ्ज्याङकै १८ बर्षीया कल्पना सार्की र ३१ बर्षीया कुमारी सार्की घाईते छन् ।
चालक खड्का र कल्पना लाई थप उपचारको लागी बिराटनगर ल्याइएको छ । कुमारी सार्कीको कटारी अस्पतालमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।