विराटनगर । प्रदेश १ सरकारले आज (बुधबार) पनि दशैंको सार्वजनिक बिदा दिएको छ । संघीय सरकारले मंगलबार सम्म मात्र सार्वजनिक बिदा दिए पनि प्रदेश १ ले भने बुधबार सम्मनै दशैंको बिदा दिएको हो ।
यस अघि नै प्रदेश राजपत्रमा प्रकाशन गर्दै प्रदेश सरकारले कार्तिक ७ गते शुक्रबारबाट कार्तिक १२ गते बुधबार सम्म अर्थात पूmलपाती देखी द्धादशीसम्म दशैको बिदा दिने उल्लेख गरेको थियो ।
यो निर्णय सँगै प्रदेश १ मा भने भोली (विहीबार) बाट मात्रै सरकारी कार्यालय खुल्ने भएका छन् ।
प्रदेश १ को राजपत्र अनुसार तिहार बिदा तीन दिनलाई दिइएको छ । लक्ष्मी पुजा देखी भाइटीका सम्मलाई बिदा दिने राजपत्रमा उल्लेख छ । लक्ष्मीपुजा कार्तिक २९ गते रहेको छ भने भाइटीका मंसिर १ गते सोमबार रहेको छ ।