विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६ सय ६२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५ सय ७८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३ जना ले कोरोना जितेका छन् ।
यस्तै अन्य डिस्चार्ज हुनेमा कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ११, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, विराट सामुदायिक भवनबाट ७, मारवाडी सेवा सदन आईसोलेसन र कालि सदन आईसोलेसन विराटनगरबाट ४–४, पथरी नगर अस्पताल र बैजनाथपुर आईसोलेसनबाट २–२, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँ, न्युरो अस्पताल, नोवेल अस्पताल र वि.जेनरल अस्पताल हरिनगरबाट १–१ जना छन् ।
यो सँगै प्रदेश १ मा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १६ हजार ४ सय १८ पुगेको छ ।
प्रदेश १ मा विहीबार १ सय ८९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७०, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा २–२, इलाम, ते¥हथुम र भोजपुर १–१ र प्रदेश १ बाहिरका ९ जना रहेका छन् ।
मोरङको विराटनगरमा ३७, उर्लाबारीमा ११, मिक्लाजुङमा १०, पथरीशनिश्चरे र बेलबारीमा ३–३, सुनबर्षीमा २, धनपालथान, सुन्दरहरैचा, रंगेली र लेटाङमा १–१, झापाको दमकमा २०, बिर्तामोडमा १३, गौरादहमा ११, कनकाईमा ५, भद्रपुरमा ३, हल्दिबारी, कमल र झापा गाउँपालिकामा २–२, अर्जुनधारा र मेचीनगरमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको धरानमा २६, इटहरीमा ६, बराहक्षेत्र र कोशी गाउँपालिकामा ३–३, इनरुवामा २ र रामधुनीमा १, ताप्लेजुङको मैवाखोला र फुङलिङमा १–१, खोटाङको हलेसी तुवाचुङमा २, उदयपुरमा २, इलामको माईजोगमाईमा १, ते¥हथुममा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ७० पुगेको छ ।
प्रदेश १ मा विहीबार ८ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८० महिला र १०९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७५ हजार ६ सय ४९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।