विराटनगर । प्रदेश १ मा मंगलबार ७ सय ४० जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ७ सय ३४ र विराट मेडिकल कलेजबाट ६ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८ सय ६८ पुगेको छ ।
प्रदेश १ मा मंगलबार ५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३१, झापामा १७, सुनसरीमा ४, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १९, उर्लाबारीमा ८ र मिक्लाजुङमा ४, झापाको दमकमा १०, गौरादहमा ५, गौरीगञ्ज र मेचीनगरमा १/१, सुनसरीको बराहक्षेत्रमा २, देवानगञ्ज र इनरुवामा १/१, इलाममा १ र प्रदेश १ बाहिरको ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा मंगलबार १ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र ३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
हालसम्म १ लाख ७९ हजार २ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।