काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख नाघेको छ । डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४२ हजारभन्दा बढी संक्रमित भएका छन् ।
थप ४२ हजार ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९३ लाख ८ हजार ७५१ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ८७ लाख १६ हजार ५६६ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै त्यहाँ १ लाख ३५ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ४७३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३५ हजार ७३४ पुगेको हो ।