काठमाडौं । नम्रता श्रेष्ठ यसवर्षकी मिस नेपाल घोषित भएकी छन् । २३ वर्षे यी सुन्दरीलाई राजधानीमा आयोजित समारोहमा मिस नेपाल २०२० को ताज प्रदान गरियो ।
समाजशाष्त्रमा स्नातकोत्तर गरेकी नम्रताले मिस इन्टलेक्चुअलको उपाधि पनि जितिन् । पेशाले उनी किन्डर गार्डेनकी शिक्षिका समेत हुन् ।
यस्तै मिस नेपाल सुप्रान्यासनल २०२० सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल २०२० सन्ध्या शर्मा र मिस नेपाल अर्थ २०२० सुप्रिया श्रेष्ठ भएकी छिन् ।