Lite Nepal

शनिबार, मंसिर २७, २०७७

विराटनगर । शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यापछि मोरङको मिक्लाजुङ र आसपासका क्षेत्रमा नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनामा संलग्नको खोजी तीव्र पारेको छ । विशेष सर्च अभियान सञ्चालन गर्न मंगलबार रातिदेखि नै मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काको नेतृत्वमा प्रहरी खटिएको छ ।

सबै नाका शील गर्दै जंगल र ग्रामीण क्षेत्रमा विशेष अप्रेसन जारी राखिएको उनले बताए । संलग्नहरुको पहिचानका लागि विगतमा विप्लव समूहबाट बरामद भएका दस्तावेज र विभिन्न कागजपत्रको पनि अध्ययन सुरु गरिएको छ ।

प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीका अनुसार सबै सुरक्षा निकायसँग समन्वय गरेर सर्च जारी राखिएको हो । प्रहरी सशक्त रुपमा अघि बढ्ने बताउँदै उनले भने, ‘विप्लव समूहविरुद्धको कारबाहीमा प्रहरी चुप लागेर बस्दैन ।’ पछिल्लो घटनाले थप हिंसा बढाएर लैजानसक्ने विश्लेषण प्रहरीको छ । सर्चका क्रममा समूहसँग दोहोरो भिडन्त हुनसक्ने सम्भावनासमेत रहेको प्रहरी स्रोतको भनाइ छ ।

विशेष सर्च अप्रेसनमा मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का आफै खटिएका छन् । अहिलेसम्म घटनामा संलग्न कोही पक्राउ भने परेका छैनन् । एसपी खड्काले घटनाको प्रभावकारी ढंगले अनुसन्धान थालिएको र संलग्नलाई पक्राउ गरेर चाँडै निस्कर्षमा पुग्ने केही आधारहरु फेला परेको जनाए ।

घटनापछि गृह प्रशासन तातेको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले घटना दुःखद् र अमानवीय रहेकोभन्दै सरकारले थप निर्णय लिन बाँकी रहेको बताए ।

यता प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले घटनाको प्रभावकारी अनुसन्धान गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् भने प्रहरीलाई सहयोग गर्नसमेत सर्वसाधारणसँग अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा