Lite Nepal

शनिबार, मंसिर २७, २०७७

विराटनगर । प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी तथ्याङ्क संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले जानकारी दिए ।

२ लाखको कोरोना परीक्षण गर्दा २८ हजार ८१२ जनामा संक्रमण देखिएको उनले बताए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सवैभन्दा बढीको कोरोना परीक्षण गरेको छ ।

उसले ६३ हजार ९२६ जनाको परीक्षण गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ४८ हजार ७४४, कोशी अस्पतालले ४१ हजार ९ सय, नोवेल मेडिकल कलेजले १८ हजार ७३०, मेची अस्पतालले १० हजार ९५८, कनकाई पीसीआर प्रयोगशालाले ६ हजार ९८३, विराट मेडिकल कलेजले ४ हजार १४६, न्युरो अस्पतालले २ हजार ८३२ र अन्य प्रयोगशालाहरुमा १ हजार ९५९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५८ जना संक्रमित थपिएका छन् । ४६२ जनाको परीक्षण गर्दा झापा र सुनसरीका २०–२०, मोरंगका १०, इलामका ४, संखुवासभा र प्रदेश १ बाहिरका २–२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

झापाको दमकमा ६, कनकाईमा ३, कचनकवल, मेचीनगर र बुद्धशान्तिमा २–२, बा¥हदशी, भद्रपुर, हल्दिबारी, विर्तामोड र गौरादहमा १–१, सुनसरीको इटहरीमा १२, धरानमा ६, रामधुनी र इनरुवामा १–१, मोरंगको विराटनगरमा ४, सुन्दरहरैचा र उर्लाबारीमा २–२, पथरीशनिश्चरे र सुनबर्षीमा १–१, इलामको रोङमा २, इलाम नगरपालिका र सुर्योदयमा १–१, संखुवासभाको धर्मदेवी र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ११, विराट मेडिकल कलेजबाट १०, बेलबारी आईसोलेसनबाट ४, विराट सामुदायिक भवन आईसोलेसनबाट ३, न्युरो अस्पताल र झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्रबाट २–२ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ५८२ पुगेको मन्त्रालयल जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा