विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस संक्रमित एक महिलाको शनिबार राति मृत्यु भएको छ । झापाको गौरादह–५ की ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
उनका अनुसार महिलाको मृत्यु राति ११ स् ३० बजेतिर भएको हो । पीसीआर परीक्षण गराउँदा मंसिर २१ रिपोर्ट पोजिटिभ आएपछि महिलालाई उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको थियो । मृतकमा श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने लगायतको समस्या रहेको दाहालले बताए ।