Lite Nepal

आइतबार, मंसिर २८, २०७७

विराटनगर । विप्लव समूहले शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेपछि मोरङको मिक्लाजुङ गाउँपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले अस्थायी बेसक्याम्प स्थापना भएको छ ।

मिक्लाजुङ १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको हत्या भए लगतै मिक्लाजुङ १ स्थित आइतबारेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा वेस राखेको हो ।

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३६ सशस्त्र र नेपाल प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको टोली खटिएको छ । आपतकालीन अवस्थामा परिचालन गर्न मिल्ने गरी थप ‘रिजर्ब फोर्स’ पनि तयारी अवस्थामा छ । दुवै टोलीले विप्लव समूहविरुद्ध संयुक्त रुपमा सर्च अप्रेशन चलाएको छ ।

विप्लव समूहले घरैबाट अपहरण गरेर लगेका शिक्षक श्रेष्ठलाई आफ्नै नियन्त्रणमा राखेर घाँटी रेट्दै गत मंगलबार बिहान विभत्स हत्या गरेको थियो । घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले मिक्लाजुङको बर्खे, जौबारी, कोलबोटे, कुवापानी, रमितेलगायत क्षेत्र र छिमेकी जिल्लामा पनि सर्च अप्रेशन चलाएको थियो ।

वेसमा खटिएका सुरक्षाकर्मीले गरिबी निवारण कोष र मिक्लाजुङ गाउँपालिकाको संयुक्त लगानीमा बनेको भवन प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ ।स्थानीय बासिन्दाले मिक्लाजुङ आसपासका क्षेत्रमा लामो समयदेखि नेपाल र सशस्त्र प्रहरीको स्थायी पोस्टको माग गर्दै आएका थिए ।

स्थायी सुरक्षा पोष्टका लागि गृह मन्त्रालयमा लिखित पत्र पठाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । ‘गत मंगलबार नै जिल्ला सुरक्षा समितिले एउटा बेस क्याम्प स्थापनाका लागि लेखिपठाएका छौं ।’ उनले भने ‘ अहिले संयुक्त टोली परिचालन भएकेा छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा