Lite Nepal

सोमबार, मंसिर २९, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरूद्ध संघर्षमा उत्रिएको छ । गृह जिल्ला तनहुँमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि रूष्ट बनेको कांग्रेसले सरकारविरूद्ध संघर्ष गर्ने पूर्वघोषित कार्यक्रम अन्तर्गत आज प्रदर्शन गर्दैछ ।

मुलुकभरका ७७ वटै जिल्लामा हुने प्रदर्शनमा पदाधिकारी तथा कांग्रेसका केन्द्रीय तहका नेताहरूलाई परिचालन गरिएको छ । कांग्रेस पार्टी कार्यालयका सूचना अधिकारी केशव रिजालका अनुसार सभापति शेरबहादुर देउवाले मकवानपुरको सभालाई सम्बोधन गर्दैछन् ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौँमा, उपसभापति विमलेन्द्र नीधि भक्तपुरमा, महामन्त्री डा।शशांक कोइराला मोरङमा, कोषाध्यक्ष सितादेवी यादव ललितपुर, अर्जुननरसिंह केसी पोखरा, डा।रामशरण महतले चितवन र प्रकाशमान सिंहले धनुषामा आयोजित सभालाई सम्बोधन गर्ने रिजालले जानकारी दिए । अरू केन्द्रीय सदस्यहरू पनि विभिन्न जिल्लामा पुगेका छन् ।

देशभर भएका प्रदर्शनको केन्द्रीय कार्यालय सानेपाबाट मोनिटरिङ गर्ने जिम्मा महामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सरकार गलत मार्गमा हिडेकाले देशभर आयोजना गरिएको प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।

सोमबार बिहानै ट्वीट गर्दै उनले प्रदर्शनमा भौतिक दूरी राख्न, मास्क अनिवार्य लगाउन पनि पार्टी सदस्य र शुभचिन्तकलाई आग्रह गरिएको जनाएका छन् ।

शर्माले ट्वीटमा भनेका छन्, ञजांगरले प्रदर्शनमा जुटौं तर परिस्थिति अनुरुपको सजगता अनिवार्य राखौँ ’ि

भ्रष्टाचार बढ्दा पनि प्रधानमन्त्री नै भ्रष्टाचारीको संरक्षक बनेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरिएको तथा निश्चित स्वार्थ समूहको हितमा मात्र सरकार केन्द्रीत भएपछि आन्दोलनमा उत्रन परेको कांग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा