विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को राजधानी विराटनगरमा शक्ति प्रदर्शन गरेको छ ।
कांग्रेस महामन्त्री डा.शशांक कोइरालाको नेतृत्वमा सोमबार मध्यान्न विराटनगरमा सरकारविरूद्ध संघर्ष गर्ने पूर्वघोषित कार्यक्रम अन्तर्गत प्रदर्शन गरेको हो ।
विराटनगर स्थित तीनपैनि चोकबाट निस्किएको मोटरसाईकल ¥यालीसहितको प्रदर्शनले विराटनगर बजार परिक्रमा गरेको छ ।
सरकार गलत मार्गमा हिडेकाले सरकारलाई सजग गराउन र नागरिकलाई सचेत हुन आग्रह गर्दै सोमबार देशभर प्रदर्शनमा गरिएको कांग्रेसले जनाएको छ ।
भ्रष्टाचार बढ्दा पनि प्रधानमन्त्री नै भ्रष्टाचारीको संरक्षक बनेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरिएका कारण कांग्रेस सडकमा ओर्लनु परेको कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले बताए ।