विराटनगर । झापाको शिवसताक्षी नगरपालिका १० मा आज विहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कदै गरेको को २ च १५८२ नम्बरको पिकअप चालक, केराबारी गाउँपालिका ८ मोरङका ४६ वर्षीय भोजराज आचार्यलाई ठक्कर दिदा घाईते भएका थिए ।
घाईते भएका आचार्यको बिर्तामोडको बि.एण्ड.सी अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान करिब १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यलय झिलझिलेले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यलय सुरुङगाले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उक्त कार्यलयले जनाएको छ ।