विराटनगर । झापाको शिवसताक्षीमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यू भएको छ ।
आइतबार शिवसताक्षी नगरपालीका १ धर्मपुर स्थित पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको को ३ प ९८९६ नंको मोटरसाईकल आफै अनियन्त्रीत हुँदा त्यसका चालक शिवसताक्षी नगरपालिका ११ बस्ने ३७ वर्षिय छविरमण ढकाल गम्भिर घाइते भएका थिए ।
उनलाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको उपचारकै क्रममा उनको मृत्यू भएको हो । उनको पोष्टमाटम पछि आजै अन्तेष्टि गरिएको छ ।