विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कहिले विवाह गर्लान ? धेरैले चासो राख्ने विषय हो । सञ्चारमाध्यमले पनि उनी सँग लिने गरेको अन्तर्वार्तामा यो प्रस्न प्राय छुट्दैन थियो । अब केही दिनमानै मुख्यमन्त्री राई यो प्रश्नबाट छुट्करा पाउँदैछन् ।
उनको विवाहको लगन माघ ११ गते जुरेको छ । काठमाडौंमा उनले माघ ११ गते शेर्पा थरकी युवतीसँग विवाह गर्ने भएका हुन् । संघीय सरकारका मन्त्री समेत बनिसकेका मुख्यमन्त्री शेरधन राई उच्च पदमा पुगेसँगै उनको विवाहको चर्चा चल्ने गरेको थियो ।
यस अघि उनले सञ्चारमाध्यमहरुमा प्रदेशको नामाकरण पछि विवाह गर्ने भनेर सार्वजनिक कार्यक्रममा समेत बताउँदै आएका थिए ।