काठमाडौं । नेपालको पूर्वी भू भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका अधिकांश स्थानमा हुस्सु र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।
हाल प्रदेश नं १ को पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहेको छ साथै देशका पहाडी भूभागका केहि स्थानहरुमा र तराईका अधिकांश स्थानहरुमा हुस्सुरकुईरो लागि रहेको महाशाखाले जनाएको छ।
बुधबार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकि भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का पहाडी भू(भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भूभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बिहीबार प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकि भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
शुक्रबार दिउँसो प्रदेश नं १, बागमती, लुम्बिनी, सुदुरपश्चिम र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
राती सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकि भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
देशको उच्च हिमाली भूभागमा हल्का हिमपात र विभिन्न भू(भागहरुमा आकाशमा बादललागे सँगै राम्रोसँग घाम नालाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउने छ।