Lite Nepal

शुक्रबार, माघ १६, २०७७

ताप्लेजुङ । बैशाखमा निर्वाचन हुने नहुने अनिश्चित भए पनि ताप्लेजुङमा भने जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको तयारीलाई तिब्रता दिएको छ ।

कार्यालयले जिल्लाका ९ वटै स्थानीय तहमा बिहीबार मतदाता नामावली प्रकाशन गरेको निर्वाचन अधिकारी मोहनप्रसाद कोइरालाले जानकारी दिए ।

ताप्लेजुङको फक्ताङ्लुङ र मैवाखाला गाउँपालिकाले मतदाता नामावली अद्यावधिक गर्ने कार्यमा सक्रिय सहभागिता जनाइदिन मतदातालाई पनि आग्रह गरेका छन् ।

निर्वाचन कार्यक्रमअनुसार १५ माघमा सबै स्थानीय तहका केन्द्रमार्फत सम्बन्धित स्थानीय तहभित्रका मतदाताको नामावली प्रकाशन गर्नुपर्ने छ ।

फक्ताङ्लुङका सहायक नाम दर्ता अधिकारी पवनकुमार देवले पालिकाको केन्द्र तापेथोकमा मतदाता नामावली प्रकाशन गरिएकाले १६–१८ माघसम्म मतदाता नामावली अद्यमावधिकमा सहभागिता जनाइदिन मतदातालाई आग्रह गरिएको बताए ।

मैवाखोलाका सहायक नाम दर्ता अधिकारी प्रेमबहादुर कार्कीले पालिका केन्द्रमा मतदाताको नामावली प्रकाशन गरिएकाले १८ माघभित्र मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन र दोहोरो नाम हटाउन निवेदन दिन आग्रह गरे ।

यस्तै, मृत्यु भएका र नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन, कसैले झुटो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन सकिने उनको भनाइ छ ।

निर्वाचन आयोगले १५–२० माघसम्म देशभरका स्थानीय तहका केन्द्रमार्फत मतदाता नामावली अद्यावधिक (दाबी बिरोध) गर्ने कार्यक्रम राखेको छ । सरकारले १७ र २७ वैशाख २०७८ मा प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेअनुसार निर्वाचन आयोगले निर्वाचनका कार्यक्रम सुरु गरेको हो ।

सोहीअनुसार १६, १७ र १८ माघमा देशभरका स्थानीय तहका केन्द्रमार्फत मतदाता नामावली अद्यावधिक गर्ने कार्य हुने भएको हो ।

यो कार्यका लागि सम्बन्धित स्थानीय तहले सहायक नाम दर्ता अधिकारी तोकेर जिल्ला निर्वाचन कार्यालयलाई जानकारी दिएपछि कार्यालयले सहायक नाम दर्ता अधिकारीको रूपमा थप जिम्मेवारी दिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा