विराटनगर । केही दिनयता उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको नेपालमा फेरि न्यून चापीय प्रणालीको प्रभाव सुरु भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार साँझबाट भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव पर्न थालेको हो ।
मौसमविद्का अनुसार मौसममा विभिन्न मौसमी प्रणाली आउनेरजाने भइरहन्छ । अहिले (शुक्रबार बिहान) देशको केही पहाडी भेगमा मौसम आंशिक बदली भएको छ भने तराईमा बाक्लो हुस्सुरकुहिरो लागेको छ ।
देशका बाँकी स्थानमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।