Lite Nepal

शुक्रबार, माघ १६, २०७७

विराटनगर । नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहले शुक्रबार कोशी राजमार्गनै अवरुद्ध गरेर विरोधसभा गर्दा शुक्रबार दिनभर विराटनगरको यातायात अस्तव्यस्त बन्यो ।

विराटनगर स्थित महेन्द्रचोकको मध्य सडकमा कार्पेट विच्छ्याएर कार्यकर्ता राख्दै सडकमानै मञ्च बनाएर सो समुहले विरोधसभाको आयोजना गरेको थियो । जसका कारण बसपार्क जाने र आउने सवारीलाई बिच सडकमानै रोकेर फर्काउदा यात्रुले सास्ति भोग्नुपर्यो ।

सडकमानै विरोधसभा गर्दा शुक्रबार दिनभर सवारी व्यवस्थापनमा मात्रै विराटनगरको दुई किलोमिटर क्षेत्रमा दर्जनौँ ट्राफिक प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सो समुहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै प्रदेश सरकार परिवर्तन गर्न चाहेकाले पनि आफ्नो शक्ति प्रदर्शनमा सडक अवरुद्ध देखी केन्द्रका सबै नेतालाई विराटनगरमा केन्द्रित गरेको हो । शुक्रबार एउटै मञ्चबाट प्रचण्ड–नेपाल समुहले घोषणा गरेका केन्द्रिय अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड)सहित झलनाथ खनाल र योगेश भट्टराईले बिरोधसभा लाई सम्बोधन गरे ।

सभालाई सम्बोधन गर्दै नेता माधवकुमार नेपालले नेकपा भित्र तमासा गर्ने एक मात्र व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली भएकाले उनले चालेका कदमको विरोधमा दैनिक सडकमा नागरिक थपिने क्रम बढेको विराटनगरको शक्ति प्रदर्शनले देखिएको उद्घोष गरे । ‘जनताको त्याग र बलिदानबाट आएको संबिधानको घाँटी रेट्ने काम केपी ओलीबाट भएको छ,’ उनले भने ‘आफुलाई प्रथम अध्यक्ष भन्ने तर पार्टीलाई नमान्ने एक मात्र पार्टी भित्रको तमासा गर्ने व्यक्ति केपी ओलीनै हुन्, उनको विरोधमा आज जनसागर उर्लिएको छ ।’

नेता नेपालले प्रतिनिधिसभा विघटन गरेर पछारिएका ओली पछारिएपछि पनि खुट्टा उचालेर मेरो खुट्टा माथि नै छ भनिरहेको आरोप समेत लगाए । वकिल, पुर्ब प्रधानन्यायाधिश, पत्रकार, नागरिक समाजलाई सबैलाई ओलीले अपमान गरेको नेपालको आरोप छ ।

सभालाई सम्बोधन गर्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिक्रियाबादी एजेण्टले सार्बभौम संबिधानलाई अतिक्रमण गरेको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीलाई भष्मासुर भन्दै प्रतिक्रियाबादीहरुको एजेन्ट र दालल भएर संसद बिघटन गरेको बताए ।

चुनावी अभियानको बेला छोराको त्यही सेरोफेरोमा आफ्नो छोरीको पनि निधन भएको सम्झिँदै दाहालले देशलाई समाजवादको दिशामा लागेर अहिलेका युवा युवतीलाई उज्यालो पार्ने आफ्नो सपना रहेको बताए । आफ्ना नाता गोतालाई मात्र हेर्ने गरेको आरोप ओलीले आफुलाई लगाएको भन्दै उनले ओलीलाई ‘नपुंशक’को संज्ञा दिए । ‘म नपुंशक नहुनु मेरो दोष हो ?, आफैँलाई प्रश्न गर्दै भने, म नपुंशक भईन, म निसन्तान भईन, के मेरो दोष हो ? मैले अमेरिका छोरा छोरी पठाईन, छोरा छोरीलाई म सँगै बन्दुक बोकाएर जंगल लिएर गएँ त्यो मेरो दोष हो ?’ उनले भने ।

दाहालले देश कोरोना महामारीले आक्रान्त भएको बेला औषधी ल्याउनको लागि भ्रष्टाचार गर्ने ब्यक्तिलाई च्यापेको, ७० करोड भ्रष्टाचार गर्नेलाई ओलीले जोगाएको समेत आरोप लगाए ।

दाहालले प्रतिनिधि सभा भंग नभएको दोहोर्याउँदै केपी ओलीले गुण्डागर्दी शैलीमा जे गर्यो त्यही नहुने भन्दै र संबिधान अनुसार संसद भंग नभएको दाबी गरे । संबिधानमा नभएको अधिकार प्रयोग गरेर गरिएको संसद बिघटन आफुहरुले स्वीकार्न नसक्ने भएकाले सभामुख मार्फत संसद बोलाउन सक्ने दाबी गरे ।

सभालाई संबोधन गर्दै नेता योगेश भट्टराईले यस्तो समयमा पनि कांग्रेस मौन बस्नु भनेको कांग्रेसका पूर्व नेताहरुको अपमान हुनु हो भने । ‘पहिले संविधान विरोधी काम हुँदा र प्रतिनिधी सभा विघटन हुँदा कांग्रेस सडकमा थियो,’ उनले भने ‘अहिले कांग्रेस मौन बस्नु आफ्नो इतिहाँस बिर्सनु हो ।’ सभालाई झलनाथ खनाल सहितका नेताले पनि सम्बोधन गरेका थिए । विरोध सभा अघि विराटनगरका विभिनन स्थानबाट विरोध ¥याली निकालिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा