विराटनगर । संखुवासभा सभापोखरी ३ फुकामका ५२ बर्षीय सुर्य बहादुर घलेको भिरबाट लडेर मृत्यु भएको छ ।
शनिवार राती संखुवासभाकै पावाबाट घर तर्फ फर्कने क्रममा बालिंगे भिरबाट लडेर घलेको मृत्यु भएको हो ।
आइतबार विहान स्थानीयले प्रहरी चौकी बार्हबिसेमा जानकारी दिएपछि घटनाको विषयमा थाहा भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउन साथ प्रहरी घटनाका विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।