धनकुटा । धनकुटा ९ सवाबारी बस्ने ८८ बर्षीया भक्त कुमारी बरालको आगो ताप्ने क्रममा मृत्यु भएको छ ।
आइतबार बिहान ९ बजे आफ्नै घरको भान्सामा आगो ताप्ने क्रममा अचानक उनैले लगाएको कपडामा आगो सल्किन गई शरिरमा आगो लाग्दा जलेर उनको मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेका थिए ।
घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान समेत भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।