Lite Nepal

शुक्रबार, माघ ३०, २०७७

फुङ्लिङ । ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ ।

राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका ५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिरिजङ्घा ५ वडाध्यक्ष पूर्णसिंह लिम्बूले बताए ।

बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हवाई उद्धारका लागि हेलिकोप्टर मगाएको वडाध्यक्ष लिम्बूले बताए ।

हेलिकोप्टर आउञ्जेलमा बच्चा त जन्मियो तर रगत थामिएन, त्यसैले सुविधा सम्पन्न अस्पतालमा पठाएको उहाँको भनाइ थियो । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उहाँको उपचार भइरहेको वडाध्यक्ष लिम्बूले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा