Lite Nepal

शनिबार, फाल्गुण ०१, २०७७

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नक्सा प्रकाशित गरेपछि पार्टी भित्रैबाट आफूविरुद्ध चलखेल भएको आरोप लगाएका छन् । बुटवलमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आफू पक्षीय सभामा बोल्दै प्रधानमन्त्रीले यस्तो आरोप लगाएका हुन् ।

‘नेपालको भू–भाग समेटेर नक्सा प्रकाशित गरेपछि, नक्सालाई बहुमतले संविधानमा अनुसुचीकरण गरेपछि उहाँहरु आत्तिनुभयो,’ उनले भने, ’अनि प्रधानमन्त्री हट्नुप¥यो । अध्यक्ष छाड्नुप¥यो । अन्तबाट होइन अरुले रोकेको होइन आफ्नै पार्टीभित्रबाट भयो ।’

ओलीले नेकपाभित्रबाट प्रचण्ड–माधव नेपाललगायतका नेता हटेपछि पार्टी गतिशील भएको बताए । ’तीन वर्ष संवैधानिक निकायमा नियुक्त हुन सकेको थिएन । उहाँहरु हटेपछि नियुक्त भयो,’ उनले भने, ’थाहा पाउनुभयो नि उहाँहरु हटेपछि काम भयो । पार्टी गतिहिन भएको थियो निष्प्रभावी भएको थियो। उहाँहरु हट्नुभयो। पार्टी गतिशील भएको छ ।’

उनले हिजो पार्टीभित्र बसेर गाली गर्नेहरु अहिले बाहिर गएर गाली गरि रहेकोसमेत बताए । ’हिजो पार्टीभित्र बसेर गाली गरेका थिए । अहिले त्यही कुरा पार्टी बाहिर बोलिरहेका छन् । त्यति मात्र फरक हो,’ उनले भने, ’हिजो सँगै हुँदा पनि पत्रिकामा गएर, टिभिमा गएर रेडियोमा बोलेर गरिरहेका थिए ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा