Lite Nepal

आइतबार, फाल्गुण ०२, २०७७

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आज ९आइतबारदेखि० सर्वोच्‍च अदालतको संवैधानिक इजलासमा रिट निवेदकको जवाफी बहस सुरु हुनेछ । प्रधानमन्‍त्री केपी शर्मा ओली पक्षको बहस गत बिहीबार सकिएको हो । ओली पक्षका वकिलले इजलासमा उठाएका तर्कमा रिट निवेदक पक्षले आज जवाफ दिनेछन् ।

जवाफी बहसमा नेकपा दाहाल-नेपाल समूहका नेता देव गुरुङका तर्फबाट वरिष्ठ अधिवक्‍ताहरू रमण श्रेष्‍ठ र शम्‍मु थापालगायतले बहस गर्नेछन् । माघ ४ गते हेर्दाहेर्दैमा राखेर सुनुवाई भइरहेको प्रतिनिधिसभा विघटनविरुद्धका १३ रिट निवेदकका तर्फबाट ७० भन्दा बढी कानुन व्यवसायीले बहस गरे । जवाफी बहस सकेपछि एमीकस क्यूरीमा रहेका पाँच जनालाई समय दिइने सर्वोच्‍चले जनाएको छ ।

एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन्। गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट दर्ता भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा