काठमाडौं । बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा परेकी सपना रोका मगरलाई धम्की दिएको आरोपमा विनयजंग बस्नेत पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंमा आइतबार सपनाले दिएको उजुरीको आधारमा प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो ।
परिसरका एसएसपी अशोक सिंहका अनुसार युट्युबमार्फत् सपनाको नग्न तस्बिर सार्वजनिक गरिदिने धम्की दिने बस्नेतविरुद्ध उजुरी परेपछि मंगलबार परिसरको टोलीले पक्राउ गरेको हो ।
बस्नेतविरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ । यसअघि सपना र बस्नेत दुवैजना मिलेर बेवारिसे शवको व्यवस्थापन गर्दै आएका थिए ।
सपनाको उजुरीका आधारमा अनुसन्धानका लागि बस्नेतलाई काठमाडौं गोंगबुबाट पक्राउ गरिएको एसएसपी सिंहको भनाइ छ ।