विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका १० बाट लागु औषधसहित पाँचजना पक्राउ परेका छन् ।
विराटचौकबाट खटिएको प्रहरी टोलिले सोहि स्थान बस्ने ३४ वर्षीय केशब तामाङको कोठाबाट डाईजोल्प थान १०, लुपिजेसिक थान ७, एभिल थान १३ र गाँजा २ सय ग्राम फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार तामाङको घरमा लागुऔषध बिक्री वितरण तथा सेवन गर्ने गरेको गोप्य सुचनाको आधारमा तामाङ सहित सोही स्थानका २० बर्षीय एलिस खड्का, २१ वर्षीय सरन मगर, २० बर्षीय संजिब मगरलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारी जनाएको छ ।