Lite Nepal

मंगलबार, फाल्गुण २५, २०७७

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारका आगलागी पीडितलाई पुनर्स्थापित गर्न मेरिङ्देन गाउँपालिकाले नयाँ मापदण्ड तयार गरेको छ ।

नयाँ मापदण्ड अनुसार घर निर्माणमा ईंटा तथा ढुङ्गा प्रयोग गरी पिलर बनाउनुपर्ने र प्राविधिकको ढाँचामा घर बनाउनुपर्ने छ । घरको नक्सा पास शुल्क भने गाउँपालिकाले मिनाहा गरिदिएको छ । पेट्रोलियम पदार्थको बिक्री वितरण आयल निगमले तोकेको मापदण्ड अनुसार मात्र गराइने जनाइएको छ ।

बजारभित्रको सडकको क्षेत्राधिकार न्यूनतम ६ मिटर तोकिने भएको छ भने सडक र मुख्य सडक जोड्ने नयाँ दुईवटा सडकको क्षेत्राधिकार कम्तीमा ३/५ मिटर मापदण्डमा तोकिएको छ । मुख्य सडकको क्षेत्राधिकार तमोर करिडोर आयोजना तथा सडक डिभिजनसँग समन्वय गरी कार्यान्वयन गर्ने निर्णय भएको मेरिङ्देन गाउँपालिकाले जनाएको छ ।

नेपाल टेलिकमको टावर तथा क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माणका लागि सम्बन्धित निकायमा गाउँपालिकाले अनुरोध गरेको छ । गाउँपालिकाले व्यवसायीको मौज्दात मिलान, कर दाखिला र कर समायोजनका लागि सम्बन्धित कर कार्यालयमा अनुरोध गर्ने निर्णयसमेत लिएको छ ।

मेरिङ्देन-३ स्थित खाम्लुङको दोभान बजारमा गत फागुन १८ गते भएको आगलागीमा परी ५० घर नष्ट र ६३ परिवार विस्थापित भएका थिए । आगलागीबाट करिब ४० करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा