इटहरी । विद्यार्थीहरुमा कोरोना संक्रमण देखिन थालेपछि सुनसरी सदरमुकाम इनरुवाका विद्यालयहरु अनिश्चितकालका लागि बन्द गरिएका छन् ।
इनरुवा नगरपालिकाले विज्ञप्ती जारी गर्दै अर्को सुचना नभएसम्मका लागि विद्यालयहरु बन्द गर्ने जनाएको हो ।
इनरुवाका केही विद्यालयका विद्यार्थीहरुमा कोरोना संक्रमण देखिन थालेको नगरपालिकाका सुचना अधिकृत निरज पोख्रेलले जानकारी दिए ।
नगरपालिकाले सभा, सम्मेलन, मेला, जात्रा जस्ता भिडभाड हुने कार्यहरु पनि अनिश्चितकालका लागि रोकेको छ ।