एण्टीजोन पोजेटिभ बिरामी समेत भर्ना गर्दैनन् विराटनगरका ठुला अस्पताल
विराटनगर । विराटगरका ठुला अस्पतालले पुनः कोरोना संक्रमित र संक्रमणको आशंका लागेका विरामीको उपचार गर्न छाडेका छन् । जसका कारण बिरामीले अकालमा ज्यान गुमाउनु परेको छ ।
एण्टीजोन पोजेटिभ देखिएकी उदयपुरकी एक महिला पनि यो समस्याको सिकार बनेकी छिन् । उनलाई ठुला अस्पतालहरुलेनै उपचार गर्न नमान्दा सोमबार विहान अस्पताल चाहार्दा चाहार्दै ती महिलाले ज्यान गुमाउनु परेको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि सोमबार विहानको राती करिब ३ बजे उदयपुरबाट विराटनगरमा उपचारका लागि ल्याएकी उदयपुर त्रियुगा नगरपालिका ६ जलजलेकी ३५ वर्षीया जैनव खातुनको अस्पतालहरुले भर्ना नलिदा मृत्यू भएको हो ।
खातुनका आफन्तले उनलाई स्वास प्रस्वासमा समस्या देखिएपछि रातीनै एम्बुलेन्समा हालेर विराटनगर ल्याएका थिए । सुरुमा गम्भिर बिरामी लिएर गोल्डेन अस्पताल पुगेपछि विरामीको एन्टीजोन परीक्षण गरिएको थियो ।
त्यसपछि अस्पतालले यहाँ उपचार नहुने भन्दै अन्य अस्पताल लैजान आफन्तलाई भनेको बिरामी बोकेर विराटनगर आइपुगेका एम्बुलेन्स चालक राजा मियाँले बताए । ‘म रातीनै बिरामी बोकेर आएको थिएँ, सुरुमा गोल्डेन अस्पताल पु¥याएँ,’ उनले भने ‘त्यहाँ एन्टीजोन पोजेटिभ आए पछि विरामी लिन अस्पतालले मानेन ।’
गोल्डेनले नमानेपछि सोही एम्बुलेन्समा विरामी लिएर विराट मेडिकल कलेज दौडिएका आफन्तले विराटमा पनि विरामी राखेर उपचार गर्ने सेवा पाएनन् । ‘विराटमा लैजादा बिरामी ओरालनै पनि दिएनन्,’ चालक मियाँले भने ‘बिरामीको अवस्था गम्भिर हुँदै गएको थियो, त्यहाँबाट म्याक्स अस्पतालमा फोन गरेर सोध्यौँ, त्यहाँबाट पनि नल्याउनु भन्ने जवाफ आयो, सबै रातभर रनभुल्लमा प¥यौँ ।’
ठुला अस्पतालमा उपचारसेवा राम्रो पाइएला भनेर तीन ठाउँ चाहारेपछि अन्तिम समयमा बिरामीलाई बोकेर कोशी अस्पताल पुग्दा विहानको ४ बजेको थियो । कोशीको आइसोलेसनमा समेत केयर नभएको भन्दै केही समयमानै आफन्त र चालकले आतिएका नोबेल अस्पताल लगेका थिए ।
‘बिरामीलाई थप समस्या भएपछि सोर्स फोर्स लगाएर अझै राम्रो उपचार हुने आसामा आफन्तले नोबेल मेडिकल कलेज लैजाउँ भने’ सम्पर्कमा रहेका चालक मियाँ भन्छन् ‘त्यहाँ पु¥याइएकी बिरामीलाई अस्पताल पु¥याएपछि नोबेलले पनि उपचार गर्न मानेन, दौडेको दौडेकै बिरामीको ज्यान गयो ।’
नोबेल लैजानुअघि जैनवलाई कोशीको आइसोलेसनमा राखिएको थियो । तर, आफन्त आतिएर अन्य अस्पतालको विकल्प खोजेको कोशीका चिकित्सक बताउँछन् । सबै अस्पताल घुमाउँदा समेत कसैले उपचार गर्न नमानेपछि विहानको ७ बजे पुनः विरामीलाई कोशी अस्पतालमा ल्याइएको थियो ।
कोशी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार अस्पताल ल्याईपु¥याउँदा बिरामीको अवस्था गम्भिर बनेको थियो । ‘बिरामीलाई धेरै अस्पताल दैडाइएको रहेछ, आफन्तले बचाउने आसामा दौडाए, कोशीमा ल्याईपु¥याउँदा उनको अक्सिनको मात्रा घटिसकेकाले हामीले बचाउन नसकेका हौँ,’ दासले भने ।
सुरुमा ती बिरामीमा एन्टीजोन पोजेटिभ देखिएपनि पीसीआर परीक्षण नगरी उनको मृत्यू भएको कोशी अस्पतालका चिकित्सक बताउँछन् । स्वास प्रश्वासमा उच्च समस्या देखिए पछि ठुला अस्पतालमा राम्रो उपचार पाउने आसामा उनलाई विराटनगर आफन्तले ल्याएका थिए । मृत्यू भएकी जैनव खातुन लाई विराटनगर सम्म ल्याउँदानै दुई सिलिण्डर अक्सिजन ग्यास सकिएको एम्बुलेन्स चालक मियाँ बताउँछन् । खातुनको मृत्यू भएपछि उनको शव आफन्तले उदयपुरनै लिएर गएका छन् ।
पहिलो चरणको कोरोना संक्रमण घटेसँगै विराटनगरका निजी र ठुला अस्पतालले कोरोना संक्रमितको छुट्टै उपचार गर्ने स्थान हटाएका छन् । पहिले एक अस्पतालले १० देखी २५ बेड सम्म कोरोना संक्रमितको लागि छुट्याए पनि अहिले त्यो सुविधा कुनै ठुला अस्पतालमा छैन । जसको कारण कोरोना संक्रमिणको आशंका गरिएका बिरामीले उपचार पाउन छाडेका हुन् ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा समेत नीजि अस्पतालले संक्रमितको उपचारका लागि कुनै तयारी गरेका छैनन् भने सरकारले पनि तयारी गर्न अझै निर्देशन दिएको छैन ।