विराटनगर । प्रदेश १ मा शुक्रबार १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा सबै भन्दा धेरै मोरङमा रहेका छन् ।
मोरङमा एकै दिन ७२, झापामा १४, सुनसरीमा ९, उदयपुरमा ४, धनकुटा र भोजपुरमा ३–३, संखुवासभामा २, तेह्रथुम, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १÷१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ५४, बुढीगंगामा ८, रंगेलीमा ३, कटहरीमा २, कानेपोखरी, सुन्दरहरैचा, धनपालथान, उर्लाबारी र बेलबारीमा १÷१ जना संक्रमित थपिएका छन् ।
यस्तै झापाको दमक र अर्जुनधारामा ४÷४, भद्रपुरमा २, कनकाई, मेचीनगर, बिर्तामोड र झापा गाउँपालिकामा १÷१, सुनसरीको धरानमा ४, इटहरी र इनरुवामा २÷२ र बराहक्षेत्रमा १, उदयपुरको कटारीमा ४ जनामा संक्रमण देखिएको छ ।
पहाडी जिल्लामा पनि संक्रमित थपिन थालेका छन् धनकुटाको महालक्ष्मी, पाख्रीबास र धनकुटा नगरपालिकामा १÷१, भोजपुरको षडानन्द, टेम्केमैयुङ र भोजपुर नगरपालिकामा १÷१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै संखुवासभाको धर्मदेवी र सिलिचोङमा १÷१, तेह्रथुममा १, इलाममा १, ताप्लेजुङको पाथीभरा याङवरकमा १ र ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या हाल सम्म ३१ हजार १ सय ८६ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९ सय ३५ जना संक्रमणमुक्त भएका छन् । यो पहिलो चरणको संक्रमितसहितको तथ्याङ्क हो ।
पछिल्लो समय सक्रिय संक्रमितको संख्या भने ७ सय ७६ पुगेको छ । प्रदेश १ मा शुक्रबार ५ सय १९ जनाको पीसीआर परीक्षण गर्दा ५३ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।