Lite Nepal

मंगलबार, बैशाख १४, २०७८

विराटनगर । प्रदेश १ सरकारले आजदेखि प्रदेशभर कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामुलक अभियानको शुरुवात गरेको छ ।

विराटनगर वसपार्कबाट अभियानको शुरुवात गरिएको हो । कोरोनाको दोश्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएपनि स्वास्थ्य मापदण्ड पालना नभएपछि मन्त्रालयले सांकेतिक रुपमा अभियानको शुरुवात गरेको जनाएको छ ।

सामाजिक विकास मन्त्रालयको अगुवाईमा, स्काउट लगायतका सामाजिक संघ संस्थाको सहकार्यमा अभियानको शुरुवात गरिएको हो । अभियान शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री उषाकला राईले कोरोनाबाट बच्नका लागि स्वास्थ्य मापदण्ड, सामाजिक दुरी कायम गर्न आवस्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गर्नुभयो । सवैको सहयोगले मात्र कोरोना नियन्त्रण संभव रहेको उहाँले बताउनुभयो । मन्त्री राईले सामाजिक चेतनाका लागि कोरोना नियन्त्रणको अभियान थालिएको बताउनुभयो । अभियानको शुरुवात गर्दै मन्त्री राईले विना मास्क हिड्नेहरुलाई मास्क लगाईदिनु भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, इन्सेकका प्रदेश १ प्रमुख सोमराज थापा, स्काउट प्रदेश १ का संयोजक रवि खनाल, स्वास्थ्यकर्मी, ट्राफिक प्रहरी, स्काउटर लगायतको सहभागिता रहेको थियो ।

सामाजिक विकास मन्त्रालयले मोरंग बाहेकका जिल्लाहरुमा पनि सांकेतिक रुपमा अभियान सञ्चालन गरिने जनाएको छ । जनचेतना मुलक अभियान शुरुगर्नु पुर्व सामाजिक विकास मन्त्री राईले आज सामाजिक विकास मन्त्रालयमा सरोकारवालासँग छलफल गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा