Lite Nepal

शुक्रबार, बैशाख १७, २०७८

इटहरी । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीका कारण सुनसरीमा स्थानीय प्रशासनले शुक्रवार रातिदेखि लागु हुनेगरी निषेधआज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सुनसरीका १२ वटै स्थानीय निकायमा निषेधआज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकरी उमेशकुमार ढकालले जानकारी दिए ।

बिहीबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसिएमसीको बैठकले सुनसरीलाई सुरक्षित बनाउन शुक्रवार १२ देखि २४ वैशाखसम्म निषेधआज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । शुक्रबार राति १२ बजेदेखि एक सतालाई निषेधाज्ञा हुने भएको हो ।

सुनसरीका धरान र इटहरी उपमहानगरपालिका, इनरुवा, दुहवी रामधुनी बराहक्षेत्र नगरपालिका तथा कोसी भोक्राहा नर्सिङ, हरिनगरा, बर्जु र गडी गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सर्वसाधारणलाई हिडडुल गर्न र सवारी साधन संचालन गर्न प्रतिबन्ध लगाइएको छ । प्रजिअ ढकालले निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले निर्देशनलाई उलंघन गर्ने जोकोहीलाई सक्रमण ऐन अनुसार पक्राउ गरी कारवाही गर्ने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा