विराटनगर । नेकपा एमालेका सांसद योगश भट्टराईले ताप्लेजुङमा नयाँ भेरियन्ट कोरोना संक्रमण दर उच्च रहेकाले रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई आवश्यक व्यवस्थापन गर्न अनुरोध गरेका छन् ।
नयाँ भेरिन्टको कारोना तीव्र गतिमा बढेकाले अहिलेसम्म तीन जनाको मृत्यु भएको उल्ललेख गर्दै उनले स्वास्थ्य उपकरण, अक्सिजन, भेन्टिलेटर, बेडर पीसीआर लगायतको व्यवस्थापनका लागि आग्रह गरेका हुन् । अवस्था भयावह भएकाले त्यसको रोकथामका लागि पीसीआरको व्यवस्थासहित आवश्यक मेसिन र जनशक्ति व्यवथापन गर्न पनि उनले आग्रह गरेका छन् ।
यस्तै १ सय बेड क्षमताको आइसोलेसन केन्द्र निर्माण र अन्य आवश्यक सामग्रीको व्यवस्थापनका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई २ करोड रुपैयाँ बजेट तत्काल निकासा दिन पनि आग्रह गरेका छन् । भट्टराईले थप जनशक्ति र अक्सिजनको व्यवस्थापन गर्न पनि माग गरेका छन् ।