ताप्लेजुङ समाचारदाता

आइतबार, जेठ ०२, २०७८

ताप्लेजुङ । कोरोना संक्रमण नरोकिएपछि ताप्लेजुङमा निषेधाज्ञाको समय थप गरिएको छ ।

प्रमुखु जिल्ला अधिकारी उमेश पाण्डेद्वारा आइतबार जारी सार्वजनिक सूचना अनुसार मंगलबारदेखि आउँदो साताको सोमबार अर्थात जेठ १० गते सम्म निषेधाज्ञाको समय थपिएको हो ।

यस अघि बैशाख २० गतेदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिएको थियो भने बैशाख २७ गतेदेखि जेठ ३ गते सोमबार सम्मका लागि पहिलो पटक निषेधाज्ञाको समय थप गरिएको थियो ।

प्रजिअ पाण्डेद्वारा जारी सूचना अनुसार सदरमुकामस्थित फुङ्लिङ नगरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्मा, सिस्नेसम्म, फक्ताङ्लुङ गाउँपालिका–३ मा पर्ने लिङ्खिम वारि फुरुम्बु क्षेत्र, सिरिजङ्घा गाउँपालिका–३ सिकैँचा वारि फावाखोला क्षेत्र, सुकेटार आसपास, पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङको कामीडाँडा र काबेली खोलासम्म निषेधाज्ञा लागू हुने छ ।

निषेधाज्ञामा फुङ्लिङ बजारमा बिहान ६ बजेदेखि ९ बजेसम्म दैनिक उपभोग्य वस्तु खरिद बिक्री गर्ने खाद्यान्न तथा तरकारीजन्य पसल सञ्चालन गर्न पाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा