Lite Nepal

सोमबार, जेठ ०३, २०७८

विराटनगर । ताप्लेजुङमा कोरोना संक्रमण बढ्दै गएपछि नियन्त्रण र उपचारमा सहजताका लागि प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईको पहलमा काठमाडौंबाट स्वास्थ्य सामग्री पठाइएको छ ।

सोमबार विहान जिल्लाका सरोकारवाला निकायका प्रमुखसहित विज्ञसँग अन्तरक्रिया गरेका पूर्वमन्त्री भट्टराईले दिउँसोनै जिल्लामा आवश्यक भएमध्येका केही सामान पठाएका हुन् । पठाइएका स्वास्थ्य सामग्री बुधबार विहान सम्ममा ताप्लेजुङ पुग्ने भट्टराईको सचिवालयले जनाएको छ ।

ताप्लेजुङका लागि लोड भएका स्वास्थ्य सामग्रीमा ४ सय थान एन्टिजेन किट, अक्सिजन कन्सिनट्रेटर ७ थान, एन ९५ मास्क १ सय थान, पीपीई १ सय थान, पञ्जा १ सय थान, सर्जिकल मास्क २ हजार थान, सेफ्टी चस्मा ५० थान र २० लीटर सेनिटाईजर छन् ।

भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईका अनुसार आज सबै सामान लोड भएको र भोली विहानै काठमाडौबाट ताप्लेजुङका लागि सामान बोकेको गाडी हिड्ने छ ।

सोमबार विहानको भर्चुअल अन्तरक्रियामा सहभागीले कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री अपुग रहेको बताएपछि अन्तरक्रिया सकिनसाथ भट्टराईले सामग्री संकलनमा चासो दिएका थिए ।

सोमबार विहानको अन्तरक्रिया कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री टंक आङबुहाङ, ताप्लेजुङका स्थानीय तहका प्रमुख, ताप्लेजुङ जिल्लाका सुरक्षा निकायका प्रमुख, स्वास्थकर्मी, जिल्ला समन्वय समितीका प्रमुख, प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङ र होमकुमारी साँवासहितको सहभागिता रहेको थियो ।

यस्तै प्रदेश १ सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्की, सीसीएमसीका सदस्य तथा सह–सचिव महेन्द्र श्रेष्ठ, नसिङ रजिस्ट्रार बिन्दा घिमिरे डाक्टर सन्दुक रुईत, जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामा लगायत सञ्चारकर्मी र उद्योगीले पनि सो अन्तरक्रियामा सहभागीता जनाएका थिए । अन्तरक्रियामा उठेका कुरालाई जिल्लामानै समाधान गर्न सकिने भए जिल्लाले नभए प्रदेश र केन्द्रबाट समन्वय गरी समाधान गर्ने निष्कर्ष भएको थियो ।

बैठकमा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, ताप्लेजुङ जिल्ला अस्पतालका डक्टर सोनिङ लामा, सिदिङमा गाउपालिका अध्यक्ष नरबहादुर कडरिया, मेरिङदेन गाउँपालिका प्रमुखा गणेश लिम्बू, फुुङलिङ नगरपालिका उपमेयर बमबहादुर भट्टराई, जिसस प्रमुख धनेन्द्र मादेनले जिल्लाको बस्तुस्थतीका विषयमा जानकारी गराएका थिए ।

प्रदेश मन्त्री टंक आङबुहाङ, प्रदेश सचिव कार्की, सहसचिव श्रेष्ठ र डाक्टर रुईतले ताप्लेजुङ जिल्लामा कोभिड नियन्त्रणका लागि गर्न सकिने सहयोग र हालको अवस्थाका विषयमा प्रष्ट पारेका थिए । अन्तरक्रियाको समन्वय गरेका पूर्मन्त्री भट्टराईले सचेतना अपनाउदै सबै मिलेर कोरोना नियन्त्रणमा लाग्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा