ताप्लेजुङ । ‘कोरोना महामारी अघि सम्म ताप्लेजुङबाट काठमाडौँ हेलिकप्टर चार्टर गर्नुपर्दा तीन लाख रुपैयाँ भाडाँ थियो, अहिले कसरी दोब्बर बढेर ६ लाख भयो ?’ ताप्लेजुङका ज्ञानप्रसाद मिश्र प्रश्न गर्छन् ?
ताप्लेजुङ उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष समेत रहेका मिश्रले बुधबार फेसवुकमा लेखेरनै यो घटना सार्वजनिक समेत गरे । उनले फोटो समेत हाल्दै लेखेका छन् ‘कसैलाई कसरी बाचौँ भन्ने बेलामा कोभिड आगाडी ३ लाख मा काठमाडौं–ताप्लेजुङ–काठमाडौं आउदै गरेकोमा अहिले ६ लाख लिदैछ । आगाडी ३ लाखमा आउँदा नै नाफा थियो व्यवसाय घाटामा सन्चालन गर्दैनन् । अहिले ‘बाचौ र बचाऔ’ भन्ने बेलामा ब्रम्हलुट गर्ने बेला होइन, ध्यान जाओस् ।’
उनले केन्द्रिय सरकार, संघीय सरकार, र स्थानीय सरकार भन्दै जिल्ला प्रसासन कार्यलय ताप्लेजुङ् मा दिएको ध्यानाकर्षणपत्र समेत फेसवुकमा राखेका छन् ।
अहिले ताप्लेजुङमा हेलिकप्टरले साविकभन्दा दोब्बर भाडा लिएकोभन्दै जिल्लाबासी आक्रोसित छन् । मिश्रसहित राजनीतिककर्मी तथा सामाजिक अगुवा अमिर मादेन, स्थानीय व्यवसायी तथा समाजसेवी राजा मादेन लगायतका प्रतिनिधिले बुधबार प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।
उनले कुन हेलिकोप्टरले यति भाडा लिएको भने खुलाएका छैनन् ।
समाचारमा समाबेस भएका फोटोहरु मिश्रको फेसवुकबाट साभार गरी राखिएको हो ।